आजको मौसम : तीन प्रदेशमा भारी वर्षा, तराईमा हावाहुरी

हिमाल प्रेस २९ असार २०८० ६:२७
12
SHARES
आजको मौसम : तीन प्रदेशमा भारी वर्षा, तराईमा हावाहुरी

काठमाडौँ– शुक्रबार (आज) कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। मनसुनी वायुको प्रभावका कारण मौसममा यस्तो बदली देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावा-हुरीको पनि सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

राति भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा राति पनि हावाहुरीको सम्भावना रहेको छ।

प्रकाशित: २९ असार २०८० ६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + one =