बाढी पहिरो र डेंगु नियन्त्रण गर्न राष्ट्रियसभा सदस्यहरूको माग

हिमाल प्रेस २८ असार २०८० ११:२८
10
SHARES
बाढी पहिरो र डेंगु नियन्त्रण गर्न राष्ट्रियसभा सदस्यहरूको माग राष्ट्रियसभा बैठक। फाइल तस्बिर- रासस

काठमाडौँ– बढ्दो गर्मी र बर्षासँगै देखिएको डेंगु संक्रमण नियन्त्रणका लागि राष्ट्रियसभा सदस्यहरूले सरकारकसमक्ष माग गरेका छन्।

बिहीबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै अध्यक्ष गणेश तिमिल्सिनामार्फत उनीहरूले डेंगु नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।

राष्ट्रियसभा सदस्य अनिता देवकोटाले दाङ जिल्लालाई डेंगु प्रभावित जिल्लाको रूपमा सुचिकृत गरी यो रोग नियन्त्रणका लागि पहिल गर्न माग गरिन्।

दाङमा डेंगुको नियन्त्रण र रोकथामका लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गर्न सरकारले तत्काल काम थाल्नुपर्नेमा उनले जोड दिइन्।

‘दाङ जिल्लामा डेंगु रोग छ। दाङ जिल्लालाई डेंगु प्रभावित जिल्लाका रूपमा सूचिकृत गरी डेंगु नियन्त्रण, रोकथामका उपाय र समाधानका लागि कार्यक्रमहरू समावेश गर्न, सञ्चालन गर्न नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराउँछु,’ उनले भनिन्।

राष्ट्रियसभा सदस्य इन्दु कडरियाले नेपालका नर्सिङ कलेजहरू बन्द गरी विद्यार्थीहरू बाहिर पढ्न जानुपर्ने अवस्था रहेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराइन्।

यस्तै सदस्य कुमार दसौदीले पेट्रोलियम पद्धार्थको मूल्य समायोजन गर्न सरकारसँग माग गरे।

सदस्य खिमलाल देवकोटाले अन्नपूर्ण संरक्षण आयोजना(एक्याप)ले स्थानीय तहका विकास निर्माण लगायतका काममा व्यवधान सिर्जना गरेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए।

सदस्य दीपा गुरुङले वर्षाका कारण देशको थुप्रै ठाउँमा बाढी, पहिरो गएको र जनधनको क्षति भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

यस्तै सदस्य दिलकुमारी रावल थापा पार्वतीले आगामी आर्थिक वर्ष ०८०/८१ मा हुम्ला सदरमुकाममा राष्ट्रिय सडक सञ्जालमा जोड्नेगरी बजेटको सुनिश्चितता मिलाउन माग गरिन्।

सदस्य महेश महराले डडेलधुरामा अविरल वर्षाका कारण केही गाउँ भासिएर ४५ घरहरू विस्थापित भएको भन्दै उनीहरूको उचित व्यवस्थाप गर्न सरकारसमक्ष माग गरे।

प्रकाशित: २८ असार २०८० ११:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + eighteen =