सुनको सिक्री लुटपाट गर्ने तीन जना पक्राउ

हिमाल प्रेस २६ असार २०८० १८:५१
24
SHARES
सुनको सिक्री लुटपाट गर्ने तीन जना पक्राउ

काठमाडौँ- सुनको सिक्री लुटपाट गर्ने तीन जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरले मंगलबार पत्रकार सम्मेलन गर्दै स्कुलमा बालबालिका लिन र पुर्‍याउन जाने महिलाहरूले लगाएको सिक्री लुटपाट गर्नेहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा लोलिनकाजी महर्जन, रविन्द्र महर्जन र रोहन नेपाली रहेका छन्। ललितपुरमा असार १७ गतेदेखि १९ गतेसम्म भएका सुनको सिक्री लुटपाट घटनामा सीसीटीभी फुटेजका आधारमा अनुसन्धान गर्दा स्कुटर र मोटरसाइलकको प्रयोग गरी लुटपाट गरेको देखिएको ललितपुर प्रहरी प्रमुख एसएसपी शिद्धिविक्रम शाहले जानकारी दिए।

घटनाको मुख्य योजनाकार भनिएका लोलिनकाजी यसअघि पनि चोरी र लागुऔषध मुद्दामा पक्राउ परिसकेका व्यक्ति हुन्।

प्रकाशित: २६ असार २०८० १८:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + nineteen =