पूर्वपरराष्ट्रमन्त्री पौड्यालको प्रश्न : बजेट दिल्लीबाटै पास हुन लागेको त होइन?

हिमाल प्रेस २६ असार २०८० १२:०४
4
SHARES
पूर्वपरराष्ट्रमन्त्री पौड्यालको प्रश्न : बजेट दिल्लीबाटै पास हुन लागेको त होइन? फाइल तस्बिर

काठमाडौँ– राष्ट्रियसभा सदस्य डा.विमला राई पौड्यालले आगामी आर्थिक वर्षको बजेट दिल्लीबाटै पास हुन लागेको हो ? भनेर प्रश्न उठाएकी छन्। पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेकी पौड्यालले मंगलबार राष्ट्रियसभाको बैठकमा यस्तो प्रश्न गरेकी हुन्।

उनले भनिन्, ‘प्रधानमन्त्रीले अस्ति त भनि नै हाल्नुभयो, प्रधानमन्त्री बन्नका लागि व्यापारीहरू दिल्ली दौडमा गएका कुरा आए पनि। बजेट कार्यक्रम पनि हामी त्यतैबाट पास गर्दैछौँ कि के हो?’

उनले असमान बजेट आउनुको कारणबारे संसद र जनतालाई जानकारी दिन आग्रह गरिन्। छिमेकी देशसँगको नेपालको सम्बन्ध असमान हुँदै गइरहेको उनको भनाइ छ।

पौड्यालले भनिन्, ‘हाम्रो छिमेकीसँगको सम्बन्ध असमान हुँदैछ, एकातिर ढल्किँदै छ, विचार गर्नुहोला। असंलग्न परराष्ट्र नीति छोडेका हौँ कि समातिएको छ, के भइरहेको छ? यसमा जवाफ दिनुहोला।’

प्रकाशित: २६ असार २०८० १२:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 2 =