मनाङ एयरको हेलिकप्टरमा को-को थिए यात्रु?(अपडेट)

हिमाल प्रेस २६ असार २०८० १२:४९
38
SHARES
मनाङ एयरको हेलिकप्टरमा को-को थिए यात्रु?(अपडेट)

काठमाडौँ- सोलुखुम्बुबाट काठमाडौँ उडेको मनाङ एयरको हेलिकप्टर जिल्लाकै लम्जुरा क्षेत्रमा दुर्घटना भएको बताइएको छ।

सो विमानमा पाइलटसहित ६ जना सवार रहेको प्रहरीले जनाएको छ। मनाङ एयरको लोडसिटअनुसार विमानमा क्याप्टेन सीबी गुरुङ रहेका थिए । त्यस्तै, ५ जना मेक्सिकोका यात्रुहरू रहेका थिए।

यसमध्ये दुईजना पुरुष र तीन जना महिला रहेका छन्। यात्रुहरूमा फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस छन्।

उनीहरू सोमबार लुक्ला पुगेका थिए। एक रात त्यहाँ बसेर आज काठमाडौँ फर्किँदै थिए।

प्रकाशित: २६ असार २०८० १२:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − two =