आज बस्‍ने प्रतिनिधिसभा बैठकमा तीन विधेयक प्रस्तुत हुने

हिमाल प्रेस २४ असार २०८० ८:०७
10
SHARES
आज बस्‍ने प्रतिनिधिसभा बैठकमा तीन विधेयक प्रस्तुत हुने

काठमाडौँ– आइतबार (आज) प्रतिनिधिसभा बैठक बस्दै छ। संघीय संसद् भवन, नयाँ वानेश्वरमा दिउँसो १ बजे बस्‍ने बैठकमा तीन वटा विधेयक प्रस्तुत हुने छन्।

राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० प्रतिनिधिसभामा टेबुल हुनेछ।

यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० पेस गर्नेछन् भने राष्ट्रियसभामा उत्पत्ति भएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।

यस विधेयकमाथिको संशोधनहरूलाई आजै निर्णयार्थ प्रस्तुत गरिने संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा उल्लेख छ।

प्रकाशित: २४ असार २०८० ८:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =