आइएमई लाइफको आईपीओमा दुई दिनमै साढे ५ लाख आवेदन

हिमाल प्रेस २२ असार २०८० १८:०६
आइएमई लाइफको आईपीओमा दुई दिनमै साढे ५ लाख आवेदन

काठमाडौँ- आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) का लागि दुई दिनमा ५ लाख ४३ हजार आवेदन परेको छ।

आइएमई लाइफले बिमा क्षेत्रमै पहिलो पटक प्रिमियम मूल्यमा आईपीओ निकालेको छ। यसका लागि शुक्रबारसम्म ५ लाख ४३ हजार ६६० जना लगानीकर्ताले ६९ लाख २७ हजार ८८० कित्ता सेयर माग गर्दै आवेदन दिएका छन्। आईपीओका लागि २४ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले प्रिमियम मूल्य प्रतिकित्ता २३६.९१ रुपैयाँ तोकेको छ। कम्पनीको जारी पुँजीको ३० प्रतिशतले हुने १ करोड २० लाख कित्ता सेयर सर्वसाधारणको लागि खोलेको हो।

आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले आइएमई लाइफलाई ‘केयर ट्रिपल बी इस्युअर’ रेटिङ प्रदान गरेको छ।

प्रकाशित: २२ असार २०८० १८:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 11 =