मेलम्चीमा बेलिबृज उदघाटन

हिमाल प्रेस २२ असार २०८० १७:३२
8
SHARES
मेलम्चीमा बेलिबृज उदघाटन

सिन्धुपाल्चोक– मेलम्ची नगरपालिका वडा नम्बर १० र ११ जोड्ने इन्द्रावती नदीमाथि निर्माण गरिएको मेलम्ची बेलिबृजको शुक्रबार उदघाटन गरिएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र प्रधानसेनापति प्रभुराम शर्माले विशेष संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

मेलम्ची पुल बजारमा आयोजित उदघाटन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले बाढीपहिरोले पुल बगाएपछि स्थानीयले धेरै सास्ती बेहोर्नुपरेको अवस्थामा नेपाली सेनाको सहयोगमा छोटो समयमै बेलिब्रिज निर्माण भएकोमा खुसी व्यक्त गरे।

मेलम्ची बेलिबृज निर्माणमा समेत राजनीतिक दलहरुले किचलो गरेर निर्माण कार्य पर धकेल्ने अवस्था सिर्जना गरेका बेला आफूले प्रधानसेनापति लगायत उच्च अधिकारीलाई भेटेर समयमै पुल बनाइदिन आग्रह गरेपछि नेपाली सेनाले समयमै बेलीबृज बनाइदिएर ठूलो गुन लगाएको मन्त्री बस्नेतले बताए।

प्राकृतिक विपत्तिका बेला सधैँ नेपाली सेनाले जनतालाई सहयोग गरेको स्मरण गर्दै स्थानीय बासिन्दाका अन्य समस्याभन्दा बेलिबृज सबैभन्दा पहिले बनाइहाल्नु पर्ने आवश्यकता भएकाले यसलाई पहिलो प्राथमिकतामा राखेर काम सम्पन्न गरेको बताए। बेलिबृजले जिल्लावासीको आवतजावतका साथै आर्थिक र सामाजिक दृष्टिले पनि जनजिवन सहज बनाउने मन्त्री बस्नेतले बताए।

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना सधैँ जनताको सुखदुःखमा साथ दिँदै आइरहेको बताए। उनले मेलम्ची बेलिब्रिज निर्माण पनि यसकै एक ज्वलन्त उदाहरण भएको बताए। उद्घाटन कार्यक्रममा सिनधुपाल्चोकका विभिन्न नगरपालिका, गाउँपालिकाका पदाधिकारी, सरकारी अधिकारी, राजनीतिक दलका नेता, नागरिक समाज र सर्वसाधारणको उपस्थिति थियो।

प्रकाशित: २२ असार २०८० १७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =