‘मेरो सचिवालयमा आर्थिक चलखेल भएको देखाउनुभयो भने राजनीति नै गर्दिनँ’

हिमाल प्रेस २२ असार २०८० १६:०५
114
SHARES
‘मेरो सचिवालयमा आर्थिक चलखेल भएको देखाउनुभयो भने राजनीति नै गर्दिनँ’ फाइल तस्बिर।

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीको बढुवामा हुने आर्थिक चलखेल शून्यमा झारेको दाबी गरेका छन्। शुक्रबार बिहान सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री श्रेष्ठले प्रहरीको बढुवामा आर्थिक चलखेल शून्यमा झारेको दाबी गरेका हुन्।

‘प्रहरीको सरुवा बढुवामा हुने आर्थिक चलखेल शून्यमा झारेको छु,’ उनले भने, ‘मेरो सचिवालयले कहीँ आर्थिक चलखेल गरेको देखाउनुभयो भने म राजनीति नै गर्दिनँ।’

प्रहरीमा वरिष्ठ प्रहरी निरीक्षक (असई)बाट इन्स्पेक्टर (प्रहरी निरीक्षक) मा बढुवा गर्ने तयारी भइरहेको छ। ३७ जनामध्ये २६ जना पीएसओहरुमात्र रहेको बुझिएको छ।

फरक प्रसङ्गमा मन्त्री श्रेष्ठले मिटरब्याजीहरूलाई कारबाहीका लागि कानुन बनाएर कारबाही गर्नुपर्छ भनेर सुरु देखि आफू लागेको पनि बताए।

‘म मिटरव्याजीलाई कानुन बनाएर कारबाही गर्नुपर्छ भनेर सुरु देखि नै लागेँ, तर कानुन बनाउने अन्तिम समयमा संसद् अवरुद्ध भयो र पास हुन दिइएन’, श्रेष्ठको गुनासो छ।

प्रकाशित: २२ असार २०८० १६:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − three =