काठमाडौँ- सभामुख देवराज घिमिरेले संसद् अवरुद्ध गरेर विधेयक निष्क्रिय बनाउनु गलत भएको बताएका छन्।
आज कार्यव्यवस्था परामर्श समितिको बैठकमा बोल्दै घिमिरेले दलहरूले छलफल गरेर निष्कर्षमा पुग्ने पर्ने बताए।
‘सत्तापक्ष र प्रमुख विपक्षीबीच घनिभूत छलफल गरेर भोलिसम्ममा सहमति गर्नुहोला।’ उनले थपे,‘त्यसका लागि सहजीकरण गर्न म तयार छु।’
प्रकाशित: २२ असार २०८० १५:०४
प्रतिक्रिया