सीएनआई अध्यक्ष र पाकिस्तानी राजदूतबीच भेट, व्यापार प्रबर्द्धनका विषयमा छलफल

हिमाल प्रेस २२ असार २०८० १५:०४
8
SHARES
सीएनआई अध्यक्ष र पाकिस्तानी राजदूतबीच भेट, व्यापार प्रबर्द्धनका विषयमा छलफल

काठमाडौँ– नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष राजेशकुमार अग्रवाल र नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाशमीबीच भेटवार्ता भएको छ।

सीएनआई सचिवालयमा शुक्रबार भएको भेटमा आर्थिक विकासका लागि दुवै देशका सरकार एवं निजी क्षेत्र मिलेर अगाडि बढ्नुपर्नेलगायत विषयमा छलफल भएको थियो।

अध्यक्ष अग्रवालले पर्यटन, चिया, कफीलगायत माध्यमबाट पाकिस्तानसँगको व्यापारिक सम्बन्ध बलियो बनाउन सकिने धारणा राखे। उनले नेपाल पाकिस्तानबीच सिधा हवाई सम्पर्क पुनः जोड्न सके पर्यटन उद्योगको विकासमा टेवा पुग्ने बताए। त्यसका लागि आवश्यक सहयोग एवं समन्वय गर्नसमेत अध्यक्ष अग्रवालले राजदूतसमक्ष आग्रह गरेका छन्।

राजदूत हाशमीले नेपाली वस्तुहरू पाकिस्तान निर्यात बढाउन आवश्यक सहकार्य एवं सहयोग गर्न प्रतिबद्धता जनाए। उनले पाकिस्तानमा चियाको राम्रो बजार रहेकाले नेपाली चिया निर्यात गर्न सकिने धारणा राखे। पाकिस्तानी पर्यटक नेपाल भ्रमण गर्न रुचाउने भन्दै राजदूत हाशमीले दुई देशबीच डिजिटल भुक्तानीको व्यवस्था मिलाउन सुझावसमेत दिए।

प्रकाशित: २२ असार २०८० १५:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =