पढाइ छोडेको २१ वर्षपछि एसईई उत्तीर्ण यी वडाध्यक्ष

हिमाल प्रेस २२ असार २०८० १३:३७
16
SHARES
पढाइ छोडेको २१ वर्षपछि एसईई उत्तीर्ण यी वडाध्यक्ष

म्याग्दी– म्याग्दीको मंगला गाउँपालिका-१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसइई परीक्षामा उत्तीर्ण भएका छन्।

माध्यमिक शिक्षा परीक्षा ०७९ (एसइई) मा दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी भएका वडाध्यक्ष रोकाले २ दशमलव ६५ जीपीए ल्याएर उत्तीर्ण भएका हुन्।

०५८ मा एसएलसी परीक्षामा सामेल भएका रोकाले अनुत्तीर्ण भएपछि पढाइ छाडेका थिए। एसएलसीमा फेल भएपछि उनले वैदेशिक रोजगारको सिलसिलामा मलेसिया र अफगानिस्तानमा ८ वर्ष बिताएका उनी ०६९ सालमा घर फर्किएका थिए।

घर फर्किएपछि रोका स्थानीय देउराली युवा क्लबलगायतका संघ संस्थामा आबद्ध भएका थिए।

सामाजिक र राजनीतिक जीवन सुरु गरेपछि धेरै आफन्तबाट पढाइलाई निरन्तरता दिन सुझाव आएको र आफूलाईसमेत पटक-पटक पढाइको आवश्यकता महसुस भएपछि एसइई परीक्षा दिएको वडाध्यक्ष रोकाको भनाइ छ।

गत वर्षको स्थानीय तह निर्वाचनमा उनी एमालेबाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए। सामाजिक र राजनीतिक जीवन सुरु गरेपछि धेरै आफन्तबाट पढाइलाई निरन्तरता दिन सुझाव आएको र आफूलाईसमेत पटक-पटक पढाइको आवश्यकता महसुस भएपछि एसइई परीक्षा दिएको वडाध्यक्ष रोकाको भनाइ छ।

यसैबीच राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा ०७९ (एसइई) को नतिजामा म्याग्दीका एक विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएका छन्।

सदरमुकाम बेनीस्थित प्रकाश माध्यमिक विद्यालयका समिर सुवेदीले ४ जीपीए नतिजा ल्याएका हुन्।

शिक्षा विकास तथा समन्वय एकाइका एकाइ प्रमुख दल थापाले यस वर्षको एसइई परीक्षामा म्याग्दीबाट सहभागी विद्यार्थीमध्ये सुवेदीले ४ जीपीए ल्याएर सर्वोकृष्ट बन्न सफल भएको बताए।

प्रकाशित: २२ असार २०८० १३:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =