घरमा लुकाएर राखेको १ सय ६८ केजी गाँजा बरामद

हिमाल प्रेस २२ असार २०८० ११:४२
6
SHARES
घरमा लुकाएर राखेको १ सय ६८ केजी गाँजा बरामद
बारा– घरमा लुकाएर राखेको १ सय ६८ केजी गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ।
बाराको कोल्हवी नगरपालिका ५ स्थितजितेन्द्र चौधरीको घरमा लुकाएर राखेको गाँजा बिहीबार बरामद गरिएको सशस्त्र डीएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कोल्हवीबाट विशेष सूचनाको आधारमा खटेको टोलीले  प्लाष्टिकमा प्याक गरी लुकाएर राखिएको अवस्थामा गाँजा बरामद गरेको उनले बताए।
फरार चौधरीको खोजीकार्य भइरहेको र बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय कोल्हवीमा बुझाइएको सशस्त्रले जनाएको छ।
प्रकाशित: २२ असार २०८० ११:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =