मन्त्रिपरिषद् गठन

कोशीमा कांग्रेसबाट सुनुवार र नेकपा एसबाट जबेगु मन्त्री नियुक्त

हिमाल प्रेस २२ असार २०८० १०:१०
6
SHARES
कोशीमा कांग्रेसबाट सुनुवार र नेकपा एसबाट जबेगु मन्त्री नियुक्त

काठमाडौँ– कोशी प्रदेशमा नयाँ मन्त्रिपरिषद् गठन भएको छ। नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले सत्तागठबन्धन दल नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबाट १/१ जना मन्त्री नियुक्त गरेका हुन्।

शुक्रबार पद तथा गोपनियताको शपथ लिएका मुख्यमन्त्री थापाले शुक्रबार नै मन्त्रिपरिषद् गठन गरेका हुन्। कांग्रेसबाट प्रदीप सुनुवार र एसबाट कमल जबेगु मन्त्री भएका हुन्। उनीहरू दुवैजना बिनाविभागीय मन्त्री बनेका हुन्।

माओवादीले केन्द्रले भने मन्त्रीमा कसलाई पठाउने भन्ने नाम टुंगो लगाउन सकेको छैन। थापा सभामुखसहितको मत जोडेर बिहीबार साँझ मुख्यमन्त्री नियुक्त भएका हुन्।

प्रकाशित: २२ असार २०८० १०:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 11 =