सबै प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी पहिरोबाट बच्‍न आग्रह

हिमाल प्रेस २२ असार २०८० ६:२८
10
SHARES
सबै प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी पहिरोबाट बच्‍न आग्रह

काठमाडौँ– हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

देशमा मनसुनी वायुको प्रभाव रहेकाले मौसममा यस्तो बदली देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। देशको तराई भू-भागका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले छ।

वर्षाका कारण नदी नालामा पानीको सतह बढ्ने, डुबान र पहिरो जाने सम्भावना रहेकाले यस्ता विपद्‍बाट सजग रहन महाशाखाले सर्वसाधारणमा आग्रह गरेको छ।

प्रकाशित: २२ असार २०८० ६:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eleven =