एसईई नतिजा : कुन विषयमा कति विद्यार्थीको ए प्लस?

हिमाल प्रेस २१ असार २०८० १६:२४
156
SHARES
एसईई नतिजा : कुन विषयमा कति विद्यार्थीको ए प्लस? २०७९ सालको एसईई नतिजा प्रकाशन गर्न बिहीबार राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमीमा आयोजित पत्रकार सम्मेलन। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ- बिहीबार प्रकाशित एसईई नतिजाअनुसार विषयगत रूपमा सबैभन्दा बढी ए प्लस जीपीए कम्प्युटर विज्ञानमा आएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार कम्प्युटर विज्ञानमा ए प्लस ल्याउने विद्यार्थीको संख्या ३१ हजार ८७२ छ।

कम्प्युटर विज्ञान ऐच्छिक दोस्रो हो। त्यसपछि अनिवार्य स्वास्थ्य, जनसंख्या, वातावरण शिक्षामा २२ हजार ५७४ जनाले ए प्लस ल्याएका छन्।

कार्यालय व्यवस्थापन र लेखामा ए प्लस ल्याउने संख्या २२ हजार ८८ छ। अनिवार्य गणितमा १९ हजार ३३०, अनिवार्य अंग्रेजीमा १७ हजार ६२९ र ऐच्छिक गणितमा ए प्लस ल्याउनेको संख्या १६ हजार ६५८ छ।

अनिवार्य विज्ञानमा ९ हजार ५७३ जनाले ए प्लस ल्याएका छन् भने अनिवार्य नेपालीमा तीन हजार ५४० जनाले ए प्लस ल्याएका छन्। यस्तै अनिवार्य सामाजिक अध्ययनमा दुई हजार ३९७ जनाको ए प्लस आएको छ।

यसरी गरिन्छ ग्रेड निर्धारण

प्रकाशित: २१ असार २०८० १६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 3 =