मीन विश्वकर्मा भन्छन् : क्रियाशील सदस्यतासम्बन्धी कामले गति लिएको छ

हिमाल प्रेस २१ असार २०८० १५:१५
4
SHARES
मीन विश्वकर्मा भन्छन् : क्रियाशील सदस्यतासम्बन्धी कामले गति लिएको छ

काठमाडौँ- नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले क्रियाशील सदस्यतासम्बन्धी कामले गति लिएको बताएका छन्। केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको जिल्ला सभापतिहरूको भेलालाई सम्बोधन गर्दै उनले यस्तो जानकारी गराएका हुन्।

कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा महामन्त्रीद्वयलाई दिइएको क्रियाशील सदस्यतासम्बन्धी कामले गति लिएको उनले भेलालाई जानकारी गराए। जिल्ला सभापतिहरुलाई केन्द्रीय कार्यालयमा बोलाएर सदस्यतालाई अनलाइनबाट वितरण गर्ने प्रणालीबारे प्राविधिक सहयोगीहरूको प्रस्तुतिसहित जानकारी गराएको उनले बताए।

महाधिवेशनको संघारमा मात्रै क्रियाशील सदस्यता नवीकरण गर्ने प्रचलनले अप्ठ्यारो परेकोमा अब नियमित रुपमा नवीकरण गर्न पाउने व्यवस्था गरेको उनले जानकारी दिए। उनले भने, ‘क्रियाशील सदस्यतासम्बन्धी विवाद र मतभेद कम हुने विश्वास लिएका छौँ।’

आजकै बैठकमा पार्टीले आगामी दिनमा लिनुपर्ने रणनीति र कार्यक्रमबारे पनि छलफल भइरहेको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बैठकको उद्देश्यबारे जानकारी गराएका छन्।

भेलामा ६० जना भौतिक रुपमा र बाँकी जुममार्फत भर्चुअल्ली सहभागी छन्। भेलामा सहभागी जिल्ला सभापतिहरुले पार्टी नेतृत्व र सरकारबारे पनि धारणा राखेका छन्। उनीहरुले सरकारले पार्टीसँग समन्वय नगरेकोबारे ध्यानाकर्षणसमेत गराएका छन्।

प्रकाशित: २१ असार २०८० १५:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast