एसईईको नतिजा आज सार्वजनिक गर्ने बोर्डको निर्णय, यसरी हेर्नुस् नतिजा

हिमाल प्रेस २१ असार २०८० १४:०५
26
SHARES
एसईईको नतिजा आज सार्वजनिक गर्ने बोर्डको निर्णय, यसरी हेर्नुस् नतिजा

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले २०७९ चैतमा सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ।

बिहीबार बसेको बोर्ड बैठकले आज ४ बजे नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले प्राविधिक त्रुटि नआए आज नतिजा सार्वजनिक हुने बताए।

‘परीक्षाको नतिजा रुजु र इन्ट्री गर्ने काम भइसकेको छ। प्राविधिक समस्या नआए आजै नतिजा प्रकाशन हुन्छ,’ उनले भने।

यस वर्ष पनि गत वर्ष जसरी नै नतिजा प्रकाशन हुन्छ। लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार नतिजा प्रकाशित गर्ने बोर्डले जनाएको छ।

यस वर्षको एसईईमा सहभागी विद्यार्थी पुरानो पाठ्यक्रमको अन्तिम ब्याच भएकाले ०७२ सालको निर्देशिकाअनुसार नतिजा प्रकाशन गर्न लागिएको हो।

लेटर ग्रेडिङ ०७२ को निर्देशिकाअनुसार कुनै पनि विद्यार्थीले ननग्रेड प्राप्त गर्ने छैनन्।

गत चैत १७ गतेदेखि सञ्चालित एसईई परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ जना परीक्षर्थी सहभागी भएका थिए।

तीमध्ये २ लाख ४२ हजार ७१२ जना छात्रा र २ लाख ४२ हजार ६७४ जना छात्र छन्। कक्षा ९ देखि प्राविधिक धारसमेत पठनपाठन गराउँदै आएका ५ सय ५ विद्यालयका १५ हजार ४६१ जना परीक्षार्थी पनि एसईई परीक्षामा सहभागी थिए।

यसरी हेनुस् नतिजा

एसईईको नतिजा सार्वजनिक भए लगतै कार्यालयले विद्यार्थीको सहजताका लागि वेबसाइट, एसएमएस र आईभीआरबाट नतिजा हेर्न सकिने व्यवस्था मिलाएको छ।जसमा एसएमएस (आईभीआर १ सहित)का लागि ५ वटा र १४ वटा वेब साइटहरूबाट नतिजा हेर्न व्यवस्था मिलाइएको छ।

नेपाल टेलिकमबाट १६०० मा डायल गरी एईई नतिजा हेर्न÷बुझ्न सकिन्छ। यस्तै ३५००१, ३४९४९, ३१००३, ३१०६४ डायल गरेर पनि एसईई नतिजा थाहा पाउन सकिन्छ।

प्रकाशित: २१ असार २०८० १४:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − three =