भारतको आर्थिक सहयोगमा दैलेखमा बने चार विद्यालय भवन

हिमाल प्रेस २१ असार २०८० १२:२४
4
SHARES
भारतको आर्थिक सहयोगमा दैलेखमा बने चार विद्यालय भवन

काठमाडौँ– भारत सरकारको आर्थिक सहयोगमा दैलेखमा चार वटा विद्यालय भवन निर्माण भएका छन्।

भारतीय राजदूतावासको विकास साझेदारी प्रभागका द्वितीय सचिव प्रशान्तकुमार सोना र जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले भवन उद्घाटन गरेका हुन्।

नेपाल-भारत विकास सहकार्यअन्तर्गत १० करोड ८६ लाख रुपैयाँ लागतमा उक्त भवन निर्माण सम्पन्न भएका छन्।

भारत सरकारको सहयोगमा लालिकाँडास्थित मालिका माध्यमिक विद्यालय, बडाभैरवस्थित भैरव माध्यमिक विद्यालय, बडाखोलास्थित जगदीश माध्यमिक विद्यालय भवन बनाइएको हो।

त्यस्तै रामपुरस्थित नारायण क्याम्पसको क्याम्पस भवन पनि भारत सरकारको आर्थिक सहयोगमा तयार भएको छ। उद्घाटनपछि निर्माण सम्पन्न भएका सबै भवन स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ।

यी भवनहरू ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’अन्तर्गत बनाइएको हो। सन् २००३ यता भारतले नेपालमा ५४४ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेको छ।

जसमध्ये ४८० वटा परियोजना सम्पन्न भइसकेका छन्।

दैलेखका चार वटा गरी कर्णाली प्रदेशमा १४ वटा परियोजना रहेका छन्। यसका अतिरिक्त भारत सरकारले भारतको स्वतन्त्रता र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा शैक्षिक संस्थालाई ९४० वटा एम्बुलेन्स र १८४ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिसकेको छ।

यी मध्ये दैलेख जिल्लालाई हालसम्म ६ वटा एम्बुलेन्स उपलब्ध गराइएको छ।

प्रकाशित: २१ असार २०८० १२:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − four =