विपक्षीको अवरोधले स्थगित राष्ट्रियसभा बैठक आज बस्दै

हिमाल प्रेस २१ असार २०८० ७:००
2
SHARE
विपक्षीको अवरोधले स्थगित राष्ट्रियसभा बैठक आज बस्दै राष्ट्रियसभा बैठक। फाइल तस्बिर- रासस

काठमाडौँ– राष्ट्रियसभा बैठक आज बस्दैछ। संघीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने भएको हो।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिएसम्म संसद् चल्न नदिने अडान कायम राखेपछि स्थगित भएको बैठक आज पुन: बस्ने भएको हो।

बुधबार (हिजो) दिउँसो २:३० बजे बोलाइएको बैठक आधा घण्टा स्थगित गरी ३ बजेलाई बोलाइएको थियो। तर एमालेले अवरोध गरेपछि बैठक बस्न सकेन।

प्रचण्डले नेपालमा प्रधानमन्त्री बन्न नयाँ दिल्लीको प्रतयक्ष हात हुने आशयको अभियव्यक्ति दिएपछि यतिबेला सो अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ।

उक्त अभिव्यक्तिपछि एमालेले प्रधानमन्त्रीको राजीनामा माग गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − three =