देशका अधिकांश स्थानमा वर्षा हुने, बाढी पहिरोबाट बच्‍न महाशाखाको आग्रह

हिमाल प्रेस २१ असार २०८० ६:२८
6
SHARES
देशका अधिकांश स्थानमा वर्षा हुने, बाढी पहिरोबाट बच्‍न महाशाखाको आग्रह फाइल तस्बिर।

काठमाडौँ– हाल देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ भने अधिकांश प्रदेशमा मध्यम वर्षा भइरहेको छ।

मनसुनी वायुको प्रभावका कारण मौसममा यस्तो बदली देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशका केही स्थानहरूमा हल्का मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

कोशी र मधेश प्रदेशका तराईका केही स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।

राति भने देशभर आंशिक सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। देशको तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

वर्षाका कारण बाढी पहिरोबाट हुनसक्ने जनधनको क्षतिप्रति सजग रहन महाशाखाले सर्वसाधारणमा आग्रह गरेको छ।

प्रकाशित: २१ असार २०८० ६:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 5 =