काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीले राजसंस्थाको विषयमा लिएको नीतिमा पुनर्विचार गर्ने बताएका छन्।
मुलुकको भूराजनीतिक अवस्थालाई आधार बनाउँदै राजसंस्थाको औचित्य र आवश्यकता रहेको भन्दै थापाले पार्टीले राजसंस्थाको विषयमा लिइराखेको नीतिमा पुनर्विचार गरिने स्पष्ट पारे।
आज पार्टी आवद्ध जनवर्गीय संगठनको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले कांग्रेस/कम्युनिस्ट प्रति जनताको चरम वितृष्णा रहेको र नयाँ शक्तिको रुपमा आएका पार्टीहरू सत्ता केन्द्रित भएको अवस्थामा २०८४ को निर्वाचनमा नयाँ शक्ति जनताको रोजाई हुने समेत थापाले भविस्यवाणी गरे।
प्रकाशित: २० असार २०८० १५:५७
प्रतिक्रिया