३९ अंकले घट्यो नेप्से, परिसूचक २०४९ बिन्दुमा

हिमाल प्रेस २० असार २०८० १५:२६
2
SHARE
३९ अंकले घट्यो नेप्से, परिसूचक २०४९ बिन्दुमा

काठमाडौँ- बुधबार सेयर बजार परिसूचक (नेप्से) ३९.२६ अंकले घटेको छ। २०९० बिन्दुबाट सुरु भएको बजार लगातार ओरालो लागेर २०४९ मा झरेको हो। आज २०८ कम्पनीका लगानीकर्ता घाटामा गएका छन् भने १४ कम्पनीका लगानीकर्ताले कमाएका छन्।

दुई वटा कम्पनीको मूल्य भने स्थिर रह्यो। बुधबार सिटी होटल र रावा इनर्जी प्रालिको सेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यसैगरी बीपीडब्लू लघुवित्त र मोदी इनर्जीको मूल्य भने १० प्रतिशतले घटेको छ। कारोबार रकमका हिसाबले आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो। शिवम् सिमेन्टको १६ करोड ४९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ।

आज सबै उपसमूहको सूचक घटेको छ। हिमालयन लाइफ इन्स्योरेन्सको १३ करोड ९० लाख र सोल्टी होटल लिमिटेडको सेयर ९ करोड ५७ लाखको कारोबार भयो। आज कुल २७७ कम्पनीको ८० लाख ९२ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ।

प्रकाशित: २० असार २०८० १५:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − nine =