दिल्ली धाएर नेपालको प्रधानमन्त्री भइन्छ भन्‍नु प्रचण्डको नकचरोपन : शंकर पोखरेल

हिमाल प्रेस २० असार २०८० १२:३९
6
SHARES
दिल्ली धाएर नेपालको प्रधानमन्त्री भइन्छ भन्‍नु प्रचण्डको नकचरोपन : शंकर पोखरेल फाइल तस्बिर।

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

आफूलाई प्रधानमन्त्री बनाउन भारतीय एक व्यवसायी पटक-पटक दिल्ली धाएको भन्दै प्रधानमन्त्री प्रचण्डले मंगलबार आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति पोखरेलले टिप्पणी गरेका हुन्।

‘प्रचण्डजीको धुर्त्याइँले नेपाली राजनीति विवादास्पद र अस्थिर बनेको कुरामा कुनै संदेह नै छैन। उनी सत्ता र शक्तिका लागि जे पनि गर्न सक्दछन् भन्ने कुरामा पटक पटकका घटनाक्रमहरू साक्षी छन्। ‘प्रितम् सिंहले मलाई प्रम बनाउन दिल्ली समेत जानुभयो’ भन्ने उनको भनाई उपरोक्त श्रृंखलाकै हदैसम्मको नकचरोपनको परिणाम हो,’ पोखरेलले सामाजिक सञ्जालमा भनेका छन्, ‘प्रधानमन्त्री को हुने भन्ने कुरामा वाह्यरूपमा जतिसुकै चलखेल भए पनि अन्तिममा टुंगो लगाउने निकाय प्रतिनिधिसभा नै हो। जन निर्वाचित प्रतिनिधिसभाको सर्वोच्चतालाई अपमानित गर्ने र अवमुल्यन गर्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति अक्षम्य छ।’

प्रधानमन्त्रीको यो अभिव्यक्तिप्रति संसदमा आवाज उठ्नुपर्ने उनले ध्यानाकर्षण गराएका छन्।

प्रकाशित: २० असार २०८० १२:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =