प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

हिमाल प्रेस २० असार २०८० ६:५२
8
SHARES
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची फाइल तस्बिर।

काठमाडौँ– आज प्रतिनिधिसभा बैठक बस्दै छ। संघीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो ३ बजे बस्ने बैठकमा बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० को सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ।

यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

उक्त विधेयकमाथि छलफल भएपछि त्यसमा आएका संशोधनहरू निणार्याथ प्रस्तुत हुनेछ भने विधेयकलाई आजै पारित गर्ने कार्यसूचीमा उल्लेख छ।

प्रकाशित: २० असार २०८० ६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =