विश्वकप छनोट : आयरल्यान्डसँग नेपाल पराजित

हिमाल प्रेस १९ असार २०८० २१:०२
6
SHARES
विश्वकप छनोट : आयरल्यान्डसँग नेपाल पराजित

काठमाडौँ- विश्वकप क्रिकेट २०२३ छनोट प्रतियोगितामा नेपाल आठौँ स्थानमा सीमित बनेको छ। सातौँ स्थानका लागि आयरल्यान्डसँग मंगलबार भएको खेलमा पराजित भएसँगै नेपाल आठौँ स्थानमा सीमित भएको हो।

टेस्ट मान्यता टिम आयरल्यान्डसँग नेपाल २ विकेटले पराजित भएको हो। जिम्बाबेको हरारेमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २६८ रन बनाएको थियो। २६९ रनको लक्ष्य पाएको आयरल्यान्डले अन्तिम ४ बल बाँकी हुँदा ८ विकेट गुमाएर पूरा गर्‍याे।

आयरल्यान्डका लागि कर्टिस क्याम्फरले सर्वाधिक ६२ रन र ह्यारि टेक्टरले ६० रन बनाए। नेपालका लागि करण केसीले सर्वाधिक ४ विकेट लिए। उनले १० ओभरमा १ मेडन राख्दै ५८ रन दिए। किशोर महतोले १० ओभरमा ५५ रन दिँदै २ विकेट लिए। सन्दीप लामिछाने र गुल्शन झाले १-१ विकेट लिए।

टेस्ट मान्यता प्राप्त आयरल्यान्डलाई नेपालकाे सम्मानजनक लक्ष्य

प्रकाशित: १९ असार २०८० २१:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + nine =