गोरखामा धन्सार भत्किँदा च्यापिएर घाइते महिलाको मृत्यु

हिमाल प्रेस १९ असार २०८० १६:४३
18
SHARES
गोरखामा धन्सार भत्किँदा च्यापिएर घाइते महिलाको मृत्यु प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- गोरखाको गण्डकी गाउँपालिका-४ धन्सार भत्किँदा एक जनाको मृत्यु भएको छ। स्थानीय जंगबहादुर बरामको निर्माणाधीन धन्सार भत्किँदा उनकै श्रीमती मीनाको मृत्यु भृको हो। जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले भने, ‘निर्माणाधीन धन्सारको तला छाप्ने क्रममा एक्कासी भत्किएर उहाँहरु च्यापिन पुग्नु भएछ। त्यसपछि त्यहाँ रहेका छिमेकी र आफन्तहरूले उद्धार गर्नुभएको खबर प्राप्त भएको छ।’

धन्सार भत्किंदा जंगबहादुरका छोरा २१ वर्षीय सुजन बराम र काम गर्न गएका छिमेकी ६५ वर्षीय रामकृष्ण बराम घाइते भएका छन्।

गम्भीर घाइते भएका रामकृष्णलाई थप उपचारका लागि काठमाडौं लगिएको छ। उनको कम्मरमुनिको भाग ढुङ्गाले च्यापेको प्रहरीले जनाएको छ। छोरा सुजनको अवस्था भने सामान्य छ।

प्रकाशित: १९ असार २०८० १६:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 14 =