चौथो कारोबार दिनमा बढ्यो सेयर बजार

हिमाल प्रेस १९ असार २०८० १५:५७
4
SHARES
चौथो कारोबार दिनमा बढ्यो सेयर बजार

काठमाडौँ- तीन कारोबार दिन लगातार घटेको सेयर बजार परिसूचक (नेप्से) आज चौथो दिन बढेको छ। २०७९ बिन्दुबाट सुरु भएको बजार १२.७३ अंकले बढ्दै २०८८.७० बिन्दुमा उक्लिएको हो।

मंगलबार १४५ कम्पनीको सेयर मूल्य बढेको छ। ७२ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रह्यो। आज सबै उपसमूहको सूचक सामान्य अंकले बढेको छ।

परिसूचक उकालो लागे पनि कारोबार रकम भने घटेको छ। आज १८२ कम्पनीको ६४ लाख ५० हजार कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५७ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

यसअघिका कारोबार दिनमा ४ अर्बभन्दा बढीको कारोबार भइरहेको थियो। आज पनि सिटी होटलको सेयर मूल्य १० प्रतिशत बिन्दुले बढेको छ। बीपीडब्लू लघुवित्तको भने सोही बिन्दुले घटेको छ।

कारोबार रकमका हिसाबले आज नागरिक लगानी कोष शीर्ष स्थानमा रह्यो। यसको १२ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। एनएलजी इन्स्योरेन्स कम्पनीको मूल्य ११ करोड ३८ लाख रुपैयाँको कारोबार भयो।

प्रकाशित: १९ असार २०८० १५:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 20 =