कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ‘रेक्टर’मा डा. धामी

हिमाल प्रेस १८ असार २०८० २१:३३
8
SHARES
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ‘रेक्टर’मा डा. धामी

कर्णाली- जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष (रेक्टर)मा सहप्राध्यापक डबलबहादुर धामी नियुक्त भएका छन्। यसअघिका शिक्षाध्यक्ष डा. निरेश थापाले गत वैशाख १ गते पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा डा. धामीलाई नियुक्त गरिएको हो।

रेक्टरका लागि धामीसँगै प्राध्यापक डा. मुनिराज क्षेत्री र सहप्राध्यापक डा. कुशल भट्टराईले आवेदन दिएका थिए। साढे दुई महिना खाली रहेको शिक्षाध्यक्षमा उपकुलपति डा. मंगल रावलको सिफारिसमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आइतबार डा. धामीलाई नियुक्त गरेका हुन्।

फार्माकोलोजिष्ट सहप्राध्यापक धामी बझाङका हुन्। उनले काठमाडौँ विश्वविद्यालयबाट ‘एमडी इन क्लिनिकल फार्माकोलोजी एन्ड थेरापिउटिक्स’ अर्थात् औषधि विज्ञानमा स्नातकोत्तर गरेका छन्।

प्रकाशित: १८ असार २०८० २१:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =