आईसीसी एकदिवसीय विश्वकप छनोट : नेपाललाई युएईले दियो १८२ रनको लक्ष्य

हिमाल प्रेस १७ असार २०८० १६:४८
10
SHARES
आईसीसी एकदिवसीय विश्वकप छनोट : नेपाललाई युएईले दियो १८२ रनको लक्ष्य फाइल तस्बिर

काठमाडौँ- आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत प्लेअफ खेलमा नेपाललाई  संयुक्त अरब इमिरेट्स (युएई)ले १८२ रनको लक्ष्य दिएको छ। सातौँ स्थानका लागि भइरहेको सेमिफाइनल खेलमा ४६.५ ओभरमा अलआउट हुँदै युएईले १८१ रन बनायो।

जिम्बाबेको हरारेस्थित टाकासिंगा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको युएई ४६ दशमलब ५ ओभरमा १ सय ८१ रनमा अलआउट भएको हो।

युएईका लागि कप्तान वृत्य अरबिन्दले ७५ बलमा ४ चौकाको सहयोगमा ४४ रन बनाए। वृत्य गुलसन झाको बलमा बोल्ड आउट भएका थिए।

यस्तै युएईका ओपनर आसिफ खान इनिङको दोस्रो बलमा नै करण केसीको बलमा शून्य रनमा आउट भए। दोस्रो विकेटका लागि आर्यांश शर्मा र वृत्यले ८८ बलमा ६४ रनको साझेदारी गरेका थिए।

शर्मा ४३ बलमा ३ चौकाको सहयोगमा २८ रन बनाउँदै सन्दीप लामिछानेको बलमा आउट भए। पाँचौ विकेटका लागि रोहन मुस्तफा र बसिल हमीदले ७२ बलमा ५८ रनको फराकिलो साझेदारी गरे। मुस्तफा ५६ बलमा ३५ रन बनाउँदै आउट भए भने हमिदले ३५ बलमा २९ रन बनाए।

संचित शर्मा १४ बलमा १२ रन तथा रमिज शाहजादले २८ बलमा १० रन बनाए। नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ३/३ तथा प्रतिस जिसी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए। यस खेलको विजेताले सातौं स्थानको लागि मंगलबार आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: १७ असार २०८० १६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 1 =