नेपालमा बीआरआईलाई चिनियाँ पक्षले निक्कै चासो दिएको छ : उपप्रधनमन्त्री श्रेष्ठ

हिमाल प्रेस १७ असार २०८० १३:५७
10
SHARES
नेपालमा बीआरआईलाई चिनियाँ पक्षले निक्कै चासो दिएको छ : उपप्रधनमन्त्री श्रेष्ठ फाइल तस्बिर।

काठमाडौँ– पाँचदिने चीनको भ्रमण सकेर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार (आज) स्वदेश फर्किएका छन्।

पाँचदिने चीन भ्रमण सकेर आइतबार स्वदेश फर्किएका उनले त्रिभुवन अनतर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै आफ्नो भ्रमणबारे जानकारी गराएका छन्।

भ्रमणका क्रममा नेपाल सरकारका तर्फबाट आफूले दुई देशबीचको विकास, व्यापार र लगानीका सम्भावनाको विषयमा सकारात्मक पहल गरेको उनले जानकारी दिए।

छलफलका क्रममा चिनियाँ पक्षले बीआरआई परियोजनामा चासो राखेको श्रेष्ठले बताए।

‘भ्रमणमा हामीले चीन-नेपालबीच असल मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल गर्‍यौं,’ उनले भने, ‘बीआरआई प्रोजेक्टको मोडालिटीबारे टुंगो लगाउनेमा छलफल भयो। छेन्दु- पोखरा-भैरहवा कमर्सियल उडान गर्न पनि हामीले छलफल गरेका छौं। बीआरआई प्रोजेक्टमाथि चिनियाँ पक्षले निक्कै चासो राखेको छ।’

प्रकाशित: १७ असार २०८० १३:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =