समाजवादी मोर्चाको बैठक बस्दै

हिमाल प्रेस १६ असार २०८० ११:२९
6
SHARES
समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौँ– नवगठित समाजवादी मोर्चाले देशका सबै पालिकाका सबै वडासम्म संयन्त्र बनाउने भएको छ। यसका लागि मोर्चाको पहिलो बैठक शनिबार (आज) बस्ने भएको छ।

नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेपाल (जसपा), नेकपा एकीकृत समाजवादी र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सम्मिलित मोर्चाले आजको बैठकबाट आगामी रणनीति तय गर्ने बताइएको छ।

मोर्चामा आबद्ध कतिपय दलहरूबीच पनि एकताको प्रयास भइरहेको र आगामी कार्यदिशा तय गर्न मोर्चाको बैठक बस्ने भएको प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा आयोजित एक कार्यक्रममा बताए।

‘माओवादीका पुराना नेताहरूसँग एकता प्रयास जारी छ। समाजवादी मोर्चालाई पनि सँगै अगाडि बढाइने छ। आज दिउँसो काठमाडौँमा समाजवादी मोर्चाको बैठक बसेर आगामी कार्यक्रम तय गरिने छ,’ उनले भने।

कम्युनिस्ट आन्दोलनलाई नयाँ गति दिने उद्देश्यले दुई साताअघि समाजवादी मोर्चा घोषणा भएको थियो।

प्रकाशित: १६ असार २०८० ११:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 3 =