५३ प्रतिशत सकियाे रोपाइँ

हिमाल प्रेस ३० असार २०८० १६:४२ | Saturday, July 15, 2023
५३ प्रतिशत सकियाे रोपाइँ

काठमाडौँ- मुलुकभर ५३ प्रतिशत रोपाइँ सकिएको छ। कृषि तथा पशुपन्छि विकास मन्त्रालयका अनुसार शुक्रबासम्म कुल रोपाइँ हुने क्षेत्रफलको ५३ प्रतिशत रोपाइँ सम्पन्न भएको हो।

मुलुमा १३ लाख ५७ हजार ८ सय १६ हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ हुँदै आएको छ। शुक्रबारको तथ्यांकअनुसार ७ लाख १८ हजार ४ सय ७६ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ।

मन्त्रालयका अनुसार गत वर्षको सोही अवधिको तुलनामा कम हो। गत वर्ष असार २९ गतेसम्म ६५ प्रतिशत रोपाइँ सकिएको थियो। सरकारी तथ्यांकअनुसार प्रदेशहरूमा तुलनात्मक रूपमा सुदूरपश्चिममा बढी रोपाइँ भएको छ।

सुदूरपश्चिममा ८५ प्रतिशत रोपाइँ सकिएको छ। त्यस्तै मधेश प्रदेशमा २८ प्रतिशतमात्रै रोपाइँ सकिएको सरकारी तथ्यांक छ। प्रदेशहरूमा मधेश प्रदेशमा सबैभन्दा कम रोपाइँ भएको छ।

मन्त्रालयका अनुसार कोशीमा ५६ प्रतिशत, बागमतीमा ४५ प्रतिशत, गण्डकीमा ४७ प्रतिशत, लुम्बिनीमा ६४ प्रतिशत र कर्णालीमा ७० प्रतिशत रोपाइँ सकिएको छ।

प्रकाशित: ३० असार २०८० १६:४२ | Saturday, July 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast