१७१ देशसँग नेपालको व्यापार, ३८ देशसँगमात्रै फाइदामा

हिमाल प्रेस ८ साउन २०८० १८:२६ | Monday, July 24, 2023
१७१ देशसँग नेपालको व्यापार, ३८ देशसँगमात्रै फाइदामा

काठमाडौँ- गत आर्थिक वर्ष २०७९/८० मा नेपालले १७१ देशसँग व्यापार गरेको छ। भन्सार विभागले साेमबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० काे तथ्यांकअनुसार १७१ देशमध्ये ३८ देशसँगको व्यापारमा मात्रै नेपाललाई फाइदा छ।

गत आवमा अफगानिस्तानसँग नेपालकाे २ करोड ६० लाख रुपैयाँ बराबरकाे नाफाकाे व्यापार भएकाे छ। अल्जेरिया, अंगोला, अर्मनिया र अजरबैजानसँग पनि नेपालकाे व्यापार नाफामा छ।

गत आवमा बोस्निया एण्ड हर्जगोभिना, कम्बोडिया, क्यामिन आइसल्यान्डस्, चाँद, कोस्टारिका, कंगो, क्युबा, डेनमार्कसँगकाे व्यापारमा पनि नेपाल नाफाकाे व्यापारमा छ। त्यस्तै फिजी, आइसल्यान्ड, इराक, लाटभिया, माल्दिभ्स, माल्टा, मरिसस्, मरोक्कोलगायत देशसँग नेपालले फाइदामा व्यापार गरेको छ।

गत वर्ष नेपालले १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ बराबरको सामग्री आयात गरेको छ। यो अवधिमा १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँ बराबरकाे सामग्रीमात्रै नेपालबाट निर्यात भएको छ। जसले गर्दा गत आवमा नेपाललाई १४ खर्ब ५४ अर्ब ६६ करोड रुपैयाँ व्यापार घाटा भएकाे ५।

यसमध्ये सबैभन्दा धेरै व्यापार घाटा भारतसँग भएको छ। नेपालले गत आवमा भारतबाट १० खर्ब २७ अर्ब ८४ करोडको वस्तु तथा सेवा आयात भयो। त्यही अवधिमा नेपालबाट भारतमा १ खर्ब ६ अर्ब ६८ करोडको मात्रै सामग्री निर्यात भएको छ। जसले गर्दा भारतसँग मात्रै नेपाललाई ९ खर्ब २१ अर्ब १६ करोड रुपैयाँ व्यापार घाटा भएकाे हाे।

प्रकाशित: ८ साउन २०८० १८:२६ | Monday, July 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast