काठमाडौँ- गत आर्थिक वर्ष २०७९/८० मा १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ बराबरको सामग्री आयात भएको छ।
भन्सार विभागको तथ्यांकअनुसार सोही अवधिमा नेपालबाट जम्मा १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँ बराबरको सामग्री निर्यात भएको छ।
आयात-निर्यातको खाडलले मुलुकलाई ठूलो व्यापार घाटा भएको छ। गत आवमा नेपाललाई १४ खर्ब ५४ अर्ब ५९ करोडको व्यापार घाटा भएको विभागको तथ्यांक छ।
गत आर्थिक वर्षमा आयात निर्यात दुवै घटेको छ।
आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आव २०७९/८० मा १६ प्रतिशतले आयात र २१.४४ प्रतिशतले निर्यातमा कमी आएको छ।
प्रकाशित: ८ साउन २०८० १६:३८ | Monday, July 24, 2023
प्रतिक्रिया




