हिमालय रोडिज सिजन-५ आजदेखि

हिमाल प्रेस १५ साउन २०८० १४:०८ | Monday, July 31, 2023
हिमालय रोडिज सिजन-५ आजदेखि

काठमाडौँ- आज (सोमबार)देखि हिमालय रोडिज सिजन-५ को प्रसारण सुरु हुँदैछ। राति ८ बजे हिमालय टिभी एचडीमा रियालिटी सो को नयाँ श्रृंखला प्रसारण गरिनेछ।

सिमोस सुनुवारको निर्देशन रहेको पाँचौं सिजनको होस्ट सुरज सिंह ठकुरीले गर्दैछन् भने जजमा अभिनेत्री प्रियंका कार्की, दीया मास्के, आशीष राना ‘लाहुरे’ र अनुपविक्रम शाही छन्।

यस सिजनको डिजिटल अडिसनमा ४ हजार ४ सय र फिजिकल अडिसनतर्फ एक हजार १ सय १६ जना सहभागी भएका थिए।

अघिल्लो सिजनभन्दा यो बढी रोचक हुने निर्देशक सुनुवारले बताएका छन्। मोटरसाइकल राइडदेखि एड्भेन्चर खालका टास्कलाई लिएर हुने यो प्रतिस्पर्धामा यसपटक केही फरक गरिएको बताइएको छ।

निर्देशक सुनुुवारका अनुसार दर्शकले यस सिजनमा नयाँ टास्क र संरचनामा रोडिज हेर्न पाउनेछन्।

प्रकाशित: १५ साउन २०८० १४:०८ | Monday, July 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast