हामी सबैको हृदयमा भानुभक्त अंकित छन् : उपप्रधानमन्त्री श्रेष्ठ

हिमाल प्रेस २९ असार २०८० १३:१५ | Friday, July 14, 2023
हामी सबैको हृदयमा भानुभक्त अंकित छन् : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको संस्कृतिक एकताको प्रवर्द्धन तथा नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको विशिष्ट योगदान रहेको बताएका छन्।

भानु जयन्तीका अवसरमा आज नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोगमा भानु प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सम्पर्क भाषा बनेको नेपाली भाषालाई घरघरमा स्थापित गराउन भानुभक्तको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेका हुन्।

‘भानुभक्तले नेपालको सांस्कृतिक एकताको प्रवर्द्धन गर्नुभयो।आज नेपालीमात्र होइन, नेपाली मूलका सबै विदेशी नागरिकले पनि भानुजयन्ती मनाउँछन्’, उनले भने, ‘भानुलाई सम्झेर नेपालसँग कुनै न कुनै प्रकारको साइनो, सम्बन्ध र एकताको भाव पैदा हुन्छ। सांस्कृतिक एकताका निम्ति भानुको योगदान अविष्मरणीय छ।’

उपप्रधानमन्त्री श्रेष्ठले नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै राष्ट्रिय एकता प्रवर्द्धन गर्न भानुभक्तबाट पनि प्रेरणा लिनुपर्ने उल्लेख गरे।

‘आदिकवि भानुभक्त आचार्य हाम्रो राष्ट्रिय विभूति हुनुहुन्थ्यो। हामी सबैको हृदयमा भानुभक्त अंकित छ, भानुभक्तले नेपालीमा रामायण लेख्नुभयो, रामायण सबैको मुखमुखमा पुग्यो, त्यस कारणले पनि हामी उहाँलाई स्मरण गर्छौं’, उनले भने, ‘तर त्यतिमात्र होइन, उहाँले हामी सबैको आज मुख्य सम्पर्क भाषा बनेको, हामी सबैलाई जोड्ने माध्यम बनेको नेपाली भाषालाई स्थापित गर्न र घरघरमा पुर्‍याउन महत्वपूर्ण योगदान पुर्‍याउनुभयो।’

प्रकाशित: २९ असार २०८० १३:१५ | Friday, July 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast