सिटिजन्स बैंक र दराजबीच सम्झौता

हिमाल प्रेस १५ साउन २०८० १५:१५ | Monday, July 31, 2023
सिटिजन्स बैंक र दराजबीच सम्झौता

काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेसनल र दराज क्यामू प्राइभेट लिमिटेडबीच सम्झौता गरिएको छ। बैंकका ग्राहकलाई दराजमार्फत खरिद गर्दा छुट दिने सम्बन्धमा दुई पक्षीय सम्झौता गरिएको हो।

सम्झौताअनुसार बैंकका ग्राहकले बिहीबार दराज अनलाइनमार्फत समान खरिद गरी कार्डमार्फत भुक्तानी गर्दा पाँच सय रुपैयाँ छुट पाउनेछन्। बैंकबाट अगस्ट १ तारिखपछि नयाँ कार्ड प्राप्त गर्ने ग्राहकले दराजमार्फत पहिलोपटक कारोबार गर्दा पनि थप १५० रुपैयाँसम्मको भाउचर प्राप्त गर्न सक्नेछन्।

बैंक र दराजबीचको सहकार्यबाट ग्राहकलाई फाइदा हुने विश्वास लिइएको छ। साथै डिजिटल भुक्तानीमा प्रोत्साहन पुग्ने विश्वास लिइएको बैंकले बताएको छ।

प्रकाशित: १५ साउन २०८० १५:१५ | Monday, July 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast