धार्मिक अनुष्ठानमा महानगरको अवरोध

हिमाल प्रेस ९ साउन २०८० १२:४० | Tuesday, July 25, 2023
धार्मिक अनुष्ठानमा महानगरको अवरोध काठमाडौँ महानगर

काठमाडौँ- सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौँ महानगरपालिकाले अवरोध गरेको छ।
काठमाडौँ महानगरपालिका वडा नं. ३२ स्थित शंखमुल घाटमा स्थानीयले गरेकका ‘प्रथम शंखमुल तीर्थ श्रावणी महोत्सव’मा काठमाडौं महानगरपालिकाले अवरोध गरेको हो।

स्थानीयले सो स्थानमा श्रावण १ गतेदेखि महोत्सव सञ्चालन गरिरहेका छन्। महानगरपालिकासँग अनुमति नलिइ अनुष्ठान गरिएको भन्दै महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको नगरप्रहरीको टोलीले मंगलवार अनुष्ठान बन्द गर्न आग्रह गरेको हो।

पार्कमा हिड्न नपाएको भन्ने जनगुनासो आएको र वडाको स्वीकृति समेत नलिइ गरिएको भन्दै नगरप्रहरी प्रमुख पाण्डेले वडाको स्वीकृति लिएर मात्रै गर्न आग्रह गरे। उनले यस्ता कार्यक्रम धार्मिकस्थलमा मात्रै गर्न अनुरोध गरे।

यता स्थानीयले भने सो स्थल धार्मिकस्थल नै भएकाले आफूहरूले महोत्सव गरेको बताएका थिए।

नगरप्रहरी र स्थानीयका बीचमा केहीबेर भनाभन समेत भएको थियो। आफूहरूले लिखितरूपमा अनुमति लिएर भएपनि अनुष्ठान सञ्चालन गर्ने तर नरोक्ने स्थानीयले बताएका छन्।

प्रकाशित: ९ साउन २०८० १२:४० | Tuesday, July 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast