काठमाडौँ– नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा नेताहरूमाथि घोचपेच जारी छ। आइतबारको बैठकमा केन्द्रीय सदस्य फर्मुल्लाह मन्सुरले डा.शेखर कोइरालासहितका नेतालाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग जोडेर गम्भीर आरोप लगाए।
उनले भने,’राजेन्द्र लिङदेनले पनि चारवटा मुद्दा उठाएका छन्। त्यसमध्ये तीनवटा मुद्दा त हाम्रो यही केन्द्रीय समितिमा उठिसक्यो। लिङदेनका भाइहरू हुन् कि क्या हो! एउटा गणतन्त्र बाँकी छ। बाँकी उसका मुद्दा त यहीँ उठिसक्यो।’
मन्सुरले धर्मनिरपेक्षता हटाउने, निर्वाचन प्रणाली फेर्ने र प्रदेश संरचनाबारे विचार गर्नुपर्ने धारणा राख्नेहरूमाथि पनि प्रहार गरे।
प्रकाशित: ७ साउन २०८० १७:१२ | Sunday, July 23, 2023
प्रतिक्रिया




