शिक्षा र वातावरण सुधारका लागि ईयूको साढे १० अर्ब अनुदान

हिमाल प्रेस ५ साउन २०८० १५:०१ | Friday, July 21, 2023
शिक्षा र वातावरण सुधारका लागि ईयूको साढे १० अर्ब अनुदान

काठमाडौँ- नेपाल सरकार र युरोपियन युनियन (ईयू)बीच शिक्षा तथा वातावरण सुधारका लागि दुई सम्झौता भएको छ।

अर्थ मन्त्रालयमा शुक्रबार अनुदानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो। यी दुई कार्यक्रमको लागि ईयूले साढे १० अर्ब रुपैयाँभन्दा बढी अनुदान उपलब्ध गराउने छ।

सबैका लागि गुणस्तरीय शिक्षा कार्यक्रमअन्तर्गत विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वनयका लागि ईयूले ५ मिलियन पाउन्ड स्टर्लिङ (करिब ७ अर्ब ३८ करोड) बराबरको अनुदान उपलब्ध गराउने छ।

त्यस्तै स्थानीय स्तरमा जलवायु अनुकूलन कार्यक्रमका लागि २२ मिलियन पाउन्ड स्टर्लिङ (३ अर्ब २५ करोड रुपैयाँ) बराबर नेपालले अनुदानमार्फत पाउनेछ।

सरकारी तथा सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर बढाउनका लागि सबैका लागि गुणस्तरीय शिक्षा कार्यक्रममार्फत यो रकम खर्च गरिने अर्थसचिव अर्जुनप्रसाद पोखरेलले जानकारी दिए।

‘यो कार्यक्रमले सबैलाई गुणस्तरीय शिक्षामा पहुँच बढाएर मानव पुँजी विकासका लागि महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ,’ सम्झौतामा हस्ताक्षर गर्दै अर्थसचिव पोखरेलले भने।

ईयू कमिस्नर फर इनटरनेसनल पार्टनरसिप युट्टा आर्पिलाइनेनले गुणस्तरीय शिक्षामा थप लगानी गर्ने प्रतिबद्धता जनाएकी छन्। उनका अनुसार ईयूले नेपालको शिक्षा क्षेत्रमा २० वर्षदेखि सहयोग गर्दै आएको छ।

प्रकाशित: ५ साउन २०८० १५:०१ | Friday, July 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast