सुर्खेत- वीरेन्द्रनगर नगरपालिका-३ का वडाअध्यक्ष विनोदसिंह विष्टलाई प्रहरीले पक्राउ गरेको छ। वडाध्यक्ष विष्टसहित तीन जनाको टोलीले केही दिनअघि खोर्केखोला तटबन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेको भन्दै प्रहरीमा उजुरी परेको थियो।
उक्त उजुरीका आधारमा शुक्रबार पक्राउ परेका सुशील गुरुङ र बलिराज शाहीले जफत भएको रकमबाट वडाध्यक्ष विष्टलाई दुई लाख दिएको स्वीकारेपछि विष्टलाई पक्राउ गरिएको लक्ष्मण शाहीले जानकारी दिए। वडाध्यक्ष विष्टमाथी थप अनुसन्धान भइरहेको शाहीको भनाइ छ।
प्रकाशित: २४ असार २०८० १६:२४ | Sunday, July 9, 2023
प्रतिक्रिया




