लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै

हिमाल प्रेस ९ साउन २०८० ११:२३ | Tuesday, July 25, 2023
लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै फाइल तस्बिर

काठमाडौँ- लुम्बिनी प्रदेशसभाको तेस्रो अधिवेशनको २०औँ बैठक आज दिउँसो १ः०० बजे बस्ने भएको छ।

सोमबार विशेष स्थगन बैठक आज बस्ने बस्न लागेको प्रदेश सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए।

आजको बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत भई सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने र छलफलमा उठेका प्रश्नहरूको जवाफ मुख्यमन्त्रीले दिने सम्भावित कार्यसूची छ।

सभामुख तुलाराम घर्तीले विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने, प्रदेशसभा सदस्यले समसामयिक विषयमा शून्य समयमा बोल्ने, कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेरसम्बन्धी जानकारी गराउने कार्यसूची छ।

यसअघिको बैठकमा निजामती कर्मचारीसम्बन्धी विधेयक र स्वास्थ्य संस्था सञ्चालन, नवीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस भएका थिए।

प्रकाशित: ९ साउन २०८० ११:२३ | Tuesday, July 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast