लामखुट्टे मार्न ‘सर्च एन्ड डिस्ट्रोई’ अभियान

हिमाल प्रेस १४ साउन २०८० २१:४१ | Sunday, July 30, 2023
लामखुट्टे मार्न ‘सर्च एन्ड डिस्ट्रोई’ अभियान सांकेतिक तस्बिर।

कैलाली- डेंगु रोगका बिरामी बढ्न थालेपछि कैलालीसहितका जिल्लामा लामखुट्टे मार्न ‘सर्च एन्ड डिस्ट्रोई’ (लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने) अभियान थालिएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले यो रोगको रोकथामका लागि लामखुट्टेको लार्भा बन्न नदिन जिल्लाका पालिका तहमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि र स्थानीयवासीको सहभागितामा यो अभियान सुरु  गरिएको जानकारी दिए।

सुदूरपश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा यो रोगबाट हालसम्म ३१८ व्यक्ति बिरामी भएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ। एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट मानिसमा यो रोग सर्ने गर्छ।

प्रदेशमा सबैभन्दा बढी दार्चुला जिल्लामा डेंगुका १९० बिरामी फेला परेका छन्। तराईका जिल्ला कञ्चनपुरमा ५२ र कैलालीमा २३ जना बिरामी फेला परेका छन्। पहाडी क्षेत्रको अछाममा ३१ बिरामी पुगेका छन्।

प्रकाशित: १४ साउन २०८० २१:४१ | Sunday, July 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast