लाजिम्पाटमा खुल्यो भियतनामी स्वाद पस्किने ‘फो-९९’ रेस्टुरेन्ट

हिमाल प्रेस २८ असार २०८० १६:५० | Thursday, July 13, 2023
लाजिम्पाटमा खुल्यो भियतनामी स्वाद पस्किने ‘फो-९९’ रेस्टुरेन्ट

काठमाडौँ- भियतनामी परिकारका पारखीलाई लक्षित गर्दै लाजिम्पाटमा ‘फो-९९’ रेस्टुरेन्ट सञ्‍चालनमा ल्याइएकाे छ। होटल सांग्रिलाअगाडि रहेकाे रेस्टुरेन्टको उद्घाटन नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठले बिहीबार गरेका हुन्।

श्रेष्ठले नेपालमा फस्टाउँदो खाद्य संस्कृतिलाई फो-९९ ले फराकिलो बनाएको बताए। ‘नेपाल घुम्न आउने पर्यटकलाई आफ्नै मुलुकको स्वाद चखाउन तथा रेस्टुरेन्ट पारखी नेपालीलाई स्वस्थ खाना खुवाउने मेरो विश्वास छ,’ उनले भने।

रेस्टुरेन्ट सञ्चालक नवीन सारुका अनुसार भियतनामी खानेकुरा सामान्यतया ताजा जडीबुटी जस्तैः सिलिन्ट्रो, अदुवा, लेमनग्रास, पुदिना र तुलसी मिसाएर तयार गरिन्छ। फो-९९ काठमाडौँको बौद्धनाथ र ललितपुरको झम्सिखेलमा पनि सञ्चालनमा छ।

प्रकाशित: २८ असार २०८० १६:५० | Thursday, July 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast