ललिता निवास प्रकरणमाथि सर्वोच्चमा आज पनि सुनुवाइ हुने

हिमाल प्रेस ४ साउन २०८० ६:४७ | Thursday, July 20, 2023
ललिता निवास प्रकरणमाथि सर्वोच्चमा आज पनि सुनुवाइ हुने

काठमाडौँ– ललिता निवास प्रकरणमाथि सर्वोच्च अदालतमा बिहीबार (आज) पनि सुनुवाइ हुने भएको छ। बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने भएको हो।

सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा बुधबार समय सकिएपछि बहस बीचमै रोकिएको थियो। उक्त विवादमा आज सुनुवाइ हुने भएको हो।

सो प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्म गौतमलाई पक्राउ गरी अनुसन्धान सुरू गरेपछि सर्वोच्च अदालतमा बन्दीको रिट निवेदन दायर गरिएको थियो।

सो विवादसम्बन्धी ६ थान रिट निवेदन एकै ठाउँमा राखेर सर्वोच्चले सुनुवाइ गरिरहेको छ।

प्रकाशित: ४ साउन २०८० ६:४७ | Thursday, July 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast