काठमाडौँ- रेखा थापाले निर्माण गर्न लागेकी फिल्म ‘उपहार’ मा कलाकार मुकुन भुसाल अनुबन्धित भएका छन्।
फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले सामाजिक सञ्जालमार्फत मुकुन अनुबन्धित भएको जानकारी दिएका हुन्। फिल्ममा नायिका पूजा शर्मा यसअघि नै आबद्ध भइसकेकी छन्।
सामाजिक विषयवस्तुमा आधारित फिल्ममा अभिमन्यु निरवीको पटकथा तथा संवाद रहनेछ।
फिल्म रेखा फिल्म्स तथा कपनगढी सिनेमाको संयुक्त ब्यानरमा बन्नेछ।
प्रकाशित: ८ साउन २०८० १२:३९ | Monday, July 24, 2023
प्रतिक्रिया





