 शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईलाई ज्ञापनपत्र बुझाउँदै नेपाल राहत शिक्षक केन्द्रीय समितिका पदाधिकारीहरू। फाइल तस्बिर
                             शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईलाई ज्ञापनपत्र बुझाउँदै नेपाल राहत शिक्षक केन्द्रीय समितिका पदाधिकारीहरू। फाइल तस्बिर
                                            काठमाडौँ- नेपाल राहत शिक्षक केन्द्रीय समितिले देशभरका राहत शिक्षकहरूलाई आन्दोलनका लागि तयार रहन सर्कुलर जारी गरेको छ। बुधबार केन्द्रीय समितिले एक सर्कुलर जारी गर्दै संकेत गर्नासाथ काठमाडौँ ओर्लन भनेको हो।
समितिले शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघलाई आफ्ना मागहरू पूरा गर्न र ठोस निकास निकाल्न अल्टिमेटम दिइएको जनाएको छ। माग पूरा नभए सशक्त रूपमा आन्दोलनलाई अघि बढाउने समितिको भनाइ छ।
शिक्षा ऐनको मस्यौदामा आफूहरूसँग विभिन्न समयमा भएका सम्झौता र सहमतिविपरीत शिक्षा मन्त्रालयले एकलौटी र सरोकारवाला निकायसँग छलफल नगरी अगाडि बढ्ने संकेत देखिएको भन्दै नेपाल राहत शिक्षक केन्द्रीय समितिले आपत्ति जनाएको छ।
‘यही परिवेशमा संघीय शिक्षा एने जारी भए हजारौँको संख्यामा राहत शिक्षक पेसाबाट विस्थापित हुनुपर्ने अवस्था आउने गम्भीर संकेत देखिएको छ,’ सर्कुलरमा लेखिएको छ। समितिले ठोस निकास दिन माग गरेको छ।


 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 