सांकेतिक तस्बिर।
सुर्खेत- दैलेखमा एक सुत्केरीको उद्धार गरिएको छ। आठबीस नगरपालिका-५, सुगरखाल दैलेखकी २३ वर्षीय पवित्रा सुनारको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।
पीपलकोट स्वास्थ्य चौकीमा सुत्केरीका लागि भर्ना भएकी सुनारको बच्चा जन्मिए पनि रक्तस्राव नरोकिँदा उद्धार गर्नु परेको स्वास्थ्यकर्मी गणेश शाहीले जानकारी दिए। उनका अनुसार सुनार र बच्चाको अवस्था ठीक भए पनि रक्तस्राव रोकिएको छैन।
उद्धारका लागि जिल्ला प्रशासन कार्यालय दैलेखलाई अनुरोध गरिएको र राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सुर्खेतबाट सेनाको हेलिकप्टर पीपलकोट पुगेको शाहीले बताए।
सुनारलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको छ।
प्रकाशित: ३ साउन २०८० १९:५१ | Wednesday, July 19, 2023
प्रतिक्रिया





