काठमाडौँ- हिन्दी फिल्म ‘ओएमजी २’को पोस्टर सार्वजनिक भएको छ। गुरु पूर्णिमाको अवसरमा फिल्मको नयाँ पोस्टर रिलिज गरिएको छ। जसमा अभिनेता अक्षय कुमारलाई देख्न सकिन्छ। त्यसमा उनले भगवान् शिवको रूप धारण गरेका छन्।
फिल्मको पोस्टर इन्स्टाग्राममा सेयर गर्दै अभिनेताले फिल्म केही दिनमै प्रदर्शनमा आउने जानकारी दिएका छन्। फिल्म अगस्त ११ मा सिनेमा हलमा प्रदर्शनमा आउनेछ। फिल्ममा अक्षयसँगै यामी गौतम, पंकज त्रिपाठी, अरुन गोविललगायत कलाकारको अभिनय छ।
फिल्म सन् २०१२ मा प्रदर्शनमा आएको ‘ओ माई गड’को दोस्रो भाग हो। पहिलो भागमा पनि अक्षय भगवान् कृष्णको भूमिकामा थिए। उनीसँगै फिल्ममा परेश रावल, मिथुन चक्रवर्तीलगायत कलाकारको अभिनय थियो।
                            प्रकाशित: १८ असार  २०८० १४:२९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

